स्क्वासका राष्ट्रिय खेलाडी गाहामगरलाई बगनासकाली गाउँपालिकाको सम्मान

पाल्पा | पुस १९, २०७९

स्क्वासका राष्ट्रिय खेलाडी गाहामगरलाई बगनासकाली गाउँपालिकाको सम्मान

पोखरा:  पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ । 


पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो । 


गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाको टोली, दोसल्ला, नगद राशी तथा सम्मानपत्र अर्पण गरे ।

 

सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख सरस्वती चिदीले आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गरिन् । 


उनले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउदै अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताइन् । ‘हाम्रो गाउँपालिकाको खेलाडी जो लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण कुरा हो, उनले भनिन्, यहाँहरु जस्तो खेलाडीकै कारण उदीयमान खेलाडीहरुलाई थप प्रोत्सहान मिल्छ । आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको कामनासमेत व्यक्त गर्दछु ।’


प्रमुख चिदीमगरले स्वस्थ्य शरिरका लागि खेलकुद अपरिहार्य रहेको बताउदै अनुशासनको मर्यादामा रहनसमेत मद्दत पुर्याउने धारणा व्यक्त गरेकी थिइन् ।


पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा टिम इभेन्ट तर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक दिलाएका थिए । 


गाहामगर खेलसँगै पत्रकारितामासमेत सक्रिय छन् । उनी पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकममा समाचार प्रमुखका रुपमा कार्यरत छन् भने एबिसी न्यूज टेलिभिजनका पोखरा संवाददातासमेत हुन्  ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्