झापामा १७ प्रतिशत मत बदर
काठमाडाैं | जेठ १७, २०७९
झापा: स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा १७ दशमलव १८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षाको कमी र चुनावी गठबन्धन दलका चुनाव चिह्नमा मतदाता झुक्किँदा मत बदर बढी हुनगएको कार्यालयले जनाएको छ ।
विसं २०७४ को तुलनामा यस निर्वाचनको मत बदर सङ्ख्या दोब्बर हुन पुगेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा ९ दशमलव ६५ प्रतिशत मात्र मत बदर भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार जिल्लामा सबैभन्दा बढी मत बदर उपप्रमुख, सदस्य र दलित महिला सदस्य पदका उम्मेद्वारको भएको छ । पन्ध्र पालिका रहेको जिल्लामा खसेको कूल मत सङ्ख्या चार लाख ५५ हजार २६८ मध्ये यी तीनै पदको उम्मेदवारको मत बदर सङ्ख्या २० प्रतिशतको दरले रहेको उहाँको भनाइ छ ।
उहाँले प्रमुख पदमा ५७ हजार ९४५, उपप्रमुखमा ९४ हजार ८५६, वडाध्यक्षमा ५२ हजार ४६३, महिला सदस्यमा ७९ हजार १८८, दलित महिला सदस्यमा ९१ हजार १८४ र खुल्ला सदस्यमा एक लाख ८७ हजार ३६१ मत बदर भएको बताउनुभयो ।
कार्यालयका सूचना अधिकारी न्यौपानेका अनुसार कूल खसेको मतको १७ दशमलव १८ प्रतिशतम बदर भएको थियो । जिल्लामा छ लाख ४६ हजार २३४ मतदाता सङ्ख्या रहेकामा ७० दशमलव ४८ प्रतिशत अर्थात चार लाख ५५ हजार ४७६ जनाले मात्र मतदान गरेका थिए ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

