पेलेको सम्मानमा फुटबल प्रतियोगिता अघि एक मिनेट मौन धारण गरिने
काठमाडाैं | पुस १८, २०७९
काठमाडौं: महान् फुटबल खेलाडी पेलेको निधन भएको शोक मनाउन देशभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने भएको छ।
फिफाले शुक्रबार यस सम्बन्धमा सबै सदस्य संघलाई परिपत्र पठाएको छ। फिफा महासचिव फातिमा समौराले लेखेको पत्रमा यस्तो सम्मान गरिने उल्लेख छ।
फिफाको पत्रपछि अखिल नेपाल फुटबल संघले एक सातासम्म फुटबल खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ।
एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबल संचालन निकायससम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ।
ब्राजिलका महान् फुटबल खेलाडी पेलेको गत बिहीबार निधन भएको थियो।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

