सर्लाहीमा प्रहरीद्वारा गाँजा खेती नष्ट
सर्लाही | पुस १८, २०७९
सर्लाही: सर्लाही प्रहरीले यहाँको अति दुर्गम भेगस्थित लालबन्दी नगरपालिका –१४, नारायण खोला किनारमा आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवामा नयाँ प्रहरी प्रमुख नरेशराज सुवेदीको नेतृत्वमा गाँजा खेती नष्ट गरिएको हो । गाँजा नष्ट गर्न सोमबार पनि जिल्ला प्रहरी कार्यालय मलङ्गवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली नारायण खोलातर्फ गएको छ ।
प्रहरी टोलीले आइतबार पहिलो दिन नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ८ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको छ । प्रहरी उपरीक्षक सुवेदीले आफू गत शुक्रबार जिल्लामा हाजिर हुनासाथ कानूनद्वारा निषेध गरिएको गाँजाखेती नष्ट गरेको बताउनुभयो । सूचना पाएको र शनिबार आफै सुक्ष्म अनुसन्धानमा जाँदा सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि आइतबारदेखि प्रहरी टोली पठाएर फडानी गर्न शुरु गरेको उहाँले बताउनुभयो ।
स्थानीयले गाँजा खेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजा खेती गर्दै आइरहेका छन् ।
अहिले त्यहाँ डाँडापाखाकामा गाँजा खेती गरिएको छ । नारायण खोला सत्र कठ्ठाका एक स्थानीयले तयार हुन लागेको गाँजा एक्कासी प्रहरी आएर नष्ट गरिदिँदा आफूहरु ठूलो मारमा परेको गुनासो गरेका छन् ।
गाँजा खेती कानुनद्वारा बर्जित हो भन्ने थाहा पाउँदा पाउँदै अन्य बालीको साटो आम्दानी राम्रो हुने देखेर स्थानीयले गाँजा खेती गर्दैआएका छन् । गोरखापत्र अनलाइन
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

