प्रदेश संसद अधिवेशन आज

पाेखरा | पुस १८, २०७९

प्रदेश संसद अधिवेशन आज

पोखरा:  नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुको पहिलो बैठक सोमबार बस्दैछ । प्रमुख पृथ्वीमान गुरुङले सोमबारलाई संसद अधिवेशन आह्वान गरेका हुन् । दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान भएको हो ।


सोमबार ११ बजे सर्वदलीय बैठक बस्दैछ । उक्त बैठकले नै संसद बैठकको कार्यसूची तय गर्नेछ । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको आह्वान भने गरेका छैनन् ।


नयाँ सरकार गठन नभएको हुँदा को सत्ता पक्ष र को प्रतिपक्ष भन्ने प्रष्ट छैन । संसदलाई काम दिने पनि सरकारले हो । तर सरकार नै नबनेको हुँदा संसद बैठकमा के गर्ने भन्ने पनि सोमबारको सर्वदलीय बैठकबाट टुंगो लाग्नेछ ।

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्