एनभिएका लागि पाण्डेको कप्तानीमा गण्डकीको पुरुष भलिबल टोली घोषणा
पाेखरा | पुस १७, २०७९
पोखराः सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा भाग लिन प्रदेश खेलकुद परिषद् गण्डकीले पुरुष भलिबल तर्फ १२ सदस्यीय टोलि घोषणा गरेको छ । खोमप्रसाद पाण्डे (हरि)कोे कप्तानीमा प्रदेश खेलकदु परिषद्ले आज (आइतबार) १२ सदस्यीय टोली घोषणा गरेको हो ।
कप्तान खोमप्रसाद पाण्डे (हरि)स्याङ्जा, रवि केसी (बाग्लुङ), किरण गुरौं (नवलपुर), घनश्याम चौधरी (नवलपुर), सन्तोष थापा मगर (स्याङ्जा), सन्जय परियार (पर्वत), दीपक मल्ल ठकुरी (बाग्लुङ), हिमाल सुनारी (नवलपुर), इन्द्रबहादुर वि.क (बागलुङ), सुजन चोखाल (म्याग्दी), मीन सुनार (बागलुङ) र राजन दर्लामी मगर स्याङ्जा रहेका छन् ।
खेलाडी छनोटलाई मध्यनजर गर्दै गण्डकी प्रदेश भलिबल संघको आयोजना र प्रदेश खेलकुद परिषद गण्डकीको सम्वन्यमा पोखरा रंगशाला भलिबल कोर्टमा पुष ६ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।
सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ ।
च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाएको छ । पुस १९ गतेसम्म टिम दर्ताको समयसीमा रहेकाले टिम बढ्न सक्ने संघले जनाएको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोट्र्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ ।
त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ ।
यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ । लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सभामुख...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेल...
काठमाडौं: अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ...