प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना प्रति दुःख व्यक्त

काठमाडाैं | जेठ १६, २०७९

प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना प्रति दुःख व्यक्त

काठमाण्डौँः   प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्तप्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    

प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

  

 यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको निधन भएको थियो ।

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।  महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै ...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्