पोखरा महोत्सव: लोकनृत्य प्रतियोगिता लाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिको सहयोग

पाेखरा | पुस १६, २०७९

पोखरा महोत्सव: लोकनृत्य प्रतियोगिता लाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिको सहयोग

पोखरा:  एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ । 


युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्ने भएको हो ।


हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष तथा एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापा बीच सहमति पत्रमा हस्ताक्षर गरी एक अर्का बीच सहकार्य गर्ने भएको हो ।


सो अवसरमा वोल्दै वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापाले पोखरा महोत्सवले समाजिक काम संगै महोत्सवमा लोकनृत्य प्रतियोगिता गरी लोकनृत्य संरक्षणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकाले आफुहरुको संस्थाले समेत सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । स्थापना कालदेखी युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको र त्यस कार्यलाई आफुले समेत सहकार्य गर्दै आइरहेको सन्दर्भमा आफ्नो ब्यवशायिक संस्थाले समेत सहकार्य गर्न पाउदा आफु गर्वान्वित भएको थापाको भनाइ रहेको थियो ।


सो अवसरमा वोल्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष एवं एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गरिदै आएको र उक्त प्रतियोगितामा वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालि संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए ।


नृत्य प्रतियोगितामा प्रथम हुने टीमले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र,  द्धितियले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र, तृतियले नगद १५ हजार, शिल्ड र प्रमाणवत्र र सान्तवना स्थान हासिल गर्नेलाई नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्