गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड: नेकपा एकीकृत समाजवादी

काठमाडाैं | पुस १६, २०७९

गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड: नेकपा एकीकृत समाजवादी

काठमाडौं:  नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको निष्कर्ष निकालेको छ । शनिवार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ । 


एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए । पार्टी  बैठकको बीचमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको बताउँदै त्यसबारेमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि थाहा भएको बताए । बैठकमा अध्यक्ष नेपालले सुरुमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको आफूलाई थाहा भएको उल्लेख गरेका छन् ।  


देउवाले बचन पूरा नगरेपछि प्रचण्डको प्रतिक्रिया स्वरुप गठबन्धन टुटेको बताउँदै उनले गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड रहेको उल्लेख गरे ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्