लोकतान्त्रिक तमु संघले तमु ल्होछारको शुभकामनासहित नवनिर्वाचित सांसदहरुलाई बधाई दियो

पाेखरा | पुस १५, २०७९

लोकतान्त्रिक तमु संघले तमु ल्होछारको शुभकामनासहित नवनिर्वाचित सांसदहरुलाई बधाई दियो

पोखरा:   नेपाल लोकतान्त्रिक तमु संघले तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार(हि ल्हो)–२०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई एवम चियापान कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष किरण गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै ल्होछार पर्व साँस्कृतिक एवम राष्ट्रिय पहिचानको पर्व भएको बताउनुभयो। उहाँले तमुवान गण्डकी सभ्यताको साँस्कृतिक एवम ऐतिहासिक सभ्यतालाई राज्यले आत्मसाथ गर्नुपर्दछ भन्नुहुदै तमु ल्होछारको शुभकामना व्यक्त गर्नुभयो।


यसरी नै नेकपा एमालेका केन्द्रिय सदस्य एवम कास्की क्षेत्र नं.२ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित बिद्या भट्टराईले शुभकामना व्यक्त गर्नुहुदै तमु ल्होछार समानता एवम साँस्कृतिक चाड भएको बताउनु भयो।


नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भिम कार्कीले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै ल्होछार राष्ट्रियता, सँस्कृति र सभ्यताको चाड रहेको बताउनुभयो।


कार्यक्रममा मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपाबाट निर्वाचित सांसदहरु एमाले स्थायी कमिटी सदस्य एवम संगठन विभाग प्रमुख खगराज अधिकारी, मनबहादुर गुरुङ,विद्या भट्टराई, दामोदर बैरागी, बेदबहादुर गुरुङ श्याम, भिम कार्की, गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल, नन्दकला नेपालीलाई बधाईका साथै फेटा, भाङग्रा, खादा, धलेकसहित सम्मानपत्रले सम्मान गरिएको थियो।


नेपाल लोकतान्त्रिक तमु संघका अध्यक्ष बेदबहादुर गुरुङ श्यामको अध्यक्षता र महासचिव हुमबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष सर्मिला गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्