आहा ! रारा पोखरा गोल्डकपः नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब भिड्दै
पाेखरा | पुस १५, २०७९
पोखराः २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज (शुक्रबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बिच प्रतिस्पर्धा हुदैछ । खेल आज दिउसो २ बजे पछि पोखरा रंगशालामा हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।
आज हुने खेलमा दुवै टोलि विजय हुँदै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आजको विजेता टोलिले मछिन्द्र क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलि बाहिरिने छ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना भइरहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
हिजो भएको पहिलो खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्।
प्रतियोगिता अवलोकनका लागि आउने दर्शका लागि सामान्य प्याराफिटतर्फ प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भिआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

