दार्चुलाको ५४ प्रतिशत घरधुरीमा बिजुली
दार्चुला | पुस १५, २०७९
दार्चुला: दार्चुलाको करिब ५४ प्रतिशत घरधुरीमा बिजुली बलेको छ । पछिल्लो केही दिन यता लेकम गाउँपालिकाको रातामाटा, सर्मोली, बिटोरा, मालिकार्जुन गाउँपालिकाको मल्बाब र नौगाडको सुत्खोला लगायत क्षेत्रमा विद्युत् चार्ज गरिएको छ । हालसम्म दार्चुलाको ५३.७० प्रतिशत घरधुरीमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो ।
नौ वटा स्थानीय तह रहेको दार्चुलाका आठ स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा हालसम्म कुनै पनि वडामा बिजुली बलेको छैन । अपिहिमालको वडा नम्बर ५ लुम्थि, सौगन्नामा लाइन विस्तार भए पनि ट्रान्सफर्मर जडान गरेर बिजुली बाल्न बाँकी रहेको प्रमुख जोशीले बताउनुभयो । नौ गाड गाउँपालिकाको पनि दल्लेख र धुलिगडा क्षेत्रमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएको छ । केही घरपरिवारले लघु जलविद्युत, सोलार लगायत वैकल्पिक ऊर्जाका स्रोतहरूको व्यवस्थापन गरे पनि अधिकासं जनता अन्धकारमा बस्न बाध्य रहेका छन् ।
दार्चुलाको ४६ प्रतिशत जनता अझै पनि राष्ट्रिय प्रसारणको विद्युतको पहुँच बाहिर रहेका छन् । विद्युत् अभावमा विभिन्न समस्या झेल्नुपरेको र रातीको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको अपि हिमाल गाउँपालिकाका स्थानीय पार्वती ठेकरेले गुनासो गर्नुभयो । चमेलिया लगायत साना ठुला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म अण्डै आधा घरधुरीमा विद्युतिकरण नै हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिएकोमा लक्ष्य अनुसार काम हुन सकेको छैन । विद्युत् कार्यालय र निर्माण व्यवसायी लगायत सरोकारवाला जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ । सरोकारवालाहरूको ढिलासुस्ती र गैर जिम्मेवारीका कारण विद्युत् विस्तारमा लक्ष्यअनुसार प्रगति हुन नसकेको लेकमका स्थानीय पल्लवराज जोशीले बताउनुभयो । विद्युतिकरण भइसकेको ठाउँमा समेत बेलाबेला विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ ।
विगतमा टेन्डर भएको क्षेत्रमा विद्युतिकरणको काम भइरहेको र चालु आर्थिक वर्षमा विद्युत् वितरण केन्द्रमा विद्युतिकरणका लागि पर्याप्त बजेट नै नरहेको कार्यालय प्रमुख मोहनदेव जोशीको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाले विद्युतिकरणको काम गर्ने भनेर विद्युत् वितरण केन्द्रको बजेट कटौती गरिएको छ, उहाँले भन्नुभयो, दार्चुला विद्युतिकरण आयोजनाको समेत अहिलेसम्म निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । झन्डै एक अर्ब बजेट रहेको उक्त कार्यक्रमका लागि पटक पटक टेन्डर आह्वान हुँदा समेत टेन्डरनै नपरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिले तेस्रो पटक टेन्डर आह्वान भएकोले टेन्डर स्वीकृत भए विद्युतिकरणको काम तीव्रताका साथ अगाडी बढ्ने उहाँको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाको काम सम्पन्न भएमा दार्चुलाको सबै घरधुरीमा बिजुली बलिसक्ने विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले बताउनुभयो ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

