हालै सम्पन्न निर्वाचनको समीक्षा सुरु: निर्वाचन आयोग
काठमाडाैं | पुस १४, २०७९
काठमाडौँ: निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्लास्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग मातहतका सातवटा महाशाखा तथा शाखाले अलग–अलग कार्यपत्र प्रस्तुत गरेपछि छलफल हुने उहाँले बताउनुभयो । समीक्षाको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कमीकमजोरी राम्ररी केलाउन र विगतमा देखिएका त्रुटि सुधार गर्न वस्तुनिष्ठ विश्लेषण गर्न निर्देशन दिनुभयो । उहाँले विगतको समीक्षाबाट आएका निष्कर्षको के कति कार्यान्वयन भयो र आगामी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समीक्षा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचन सामग्रीको मितव्यायी उपयोग र व्यवस्थापन हुन सक्ने सामग्रीको स्थानीयस्तरमै खरिद गर्ने, कर्मचारी परिचालनलगायतका विषयमा समीक्षा हुने बताउनुभयो ।
उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, सहसचिवसहित शाखा प्रमुखहरूको सहभागिता छ ।
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

