सेन्ट्रल जोन बिच भलिबलमा कोपिला र कमलाको जोडी फाइनलमा

काठमाडाैं | पुस १४, २०७९

सेन्ट्रल जोन बिच भलिबलमा कोपिला र कमलाको जोडी फाइनलमा

काठमाडौंः     बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालका कोपिला उप्रेती र कमला पुनको जोडी   महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् ।


बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २–० को सोझो सेटमा हराएर फाइनलमा पुग्न सफल भएको हो । कोपिला र कमलाको जोडीले २१–१२ र २१–१४ को सेटमा हराउन सफल भयो ।


यसअघि कोपिला र कमलाको जोडीले लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा तथा दोस्रो खेलमा बंगलादेशकी अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो । फाइनल आज नै हुने टोलीका व्यवस्थापक जुनु पुनले जानकारी गराइन् । नेपालले श्रीलंकाको जोडीसँग खेल्नेछ ।


यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनारको नेपालको जोडी आफ्नो पोलमा लगातार तेस्रो जित निकाल्दै पोल विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज (बिहीबार) भएको पोलको अन्तिम खेलमा मानबहादुर र दिलको जोडीले बंगलादेशका नुर नावी र सेफ उद्धिनको जोडीलाई २१–८ र २१–१४ ले पराजित गर्दे पोल ‘ए’ को विजेता बनेको हो ।


मानबहादुर र दिलको जोडीले पहिलो खेलमा बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्दा अर्को खेलमा माल्दिभ्सका अहमेद र सामेलको जोडीलाई १७–२१, २१–१४ र १५–९ को सेटमा जित निकालेको थियो ।


पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ । महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्