अभिनेत्री सुहाना थापाले सुरु गरिन् फिल्म वितरण व्यवसाय
काठमाडाैं | पुस १३, २०७९
काठमाडौं: अभिनेत्री सुहाना थापाले नयाँ व्यवसाय सुरू गरेकी छन्। उनले समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुलाबी’ बाट फिल्म वितरण व्यवसाय थालेकी हुन्।
उनी सीइओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’ वितरणबारे सम्झौता गरेको हो। मंगलबार सुहाना र निर्देशक भट्टबीच औपचारिक सम्झौतापत्र आदान-प्रदान गरिएको छ।
फिल्मको प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ। डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ। ओएसआर प्रमुख ओम अग्रवाल र भट्टबीच डिजिटल अधिकारमा सम्झौता भएको हो।
राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुवै कम्पनीसँग सम्झौता गरिएको निर्देशक भट्टले बताइन्। फिल्ममा समावेश एक गीतको छायांकन गरेसँगै फिल्मको पनि छायांकन सम्पन्न भएको छ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन्। पारलैङ्गिकताको कथा बोल्ने फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको अभिनय छ।
फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। यो फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।
अभिनेत्री सुहाना थापा निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्। उनी पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा देखिएकी थिइन्।
उनी यतिबेला फिल्म ‘भगवत् गीता’ मा व्यस्त छिन्।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

