गण्डकी प्रदेशका ज्येष्ठ सांसद मित्रलालले लिए सपथ (तस्बिरहरु)
पाेखरा | पुस १३, २०७९
पोखरा: गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् ।
आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् ।
गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए ।

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो ।
त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।
तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर








पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

