निवर्तमान प्रधानमन्त्री देउवा भाडाको घर खोजीमा

काठमाडाैं | पुस १२, २०७९

निवर्तमान प्रधानमन्त्री देउवा भाडाको घर खोजीमा

काठमाडौँ:   नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा लाग्नुभएको छ । बूढानीलकण्ठमा रहेको उहाँको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उहाँको परिवारले नयाँ घरमा सर्न लाग्नुभएको देउवाका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । 


नयाँ गठबन्धनबाट सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री पदको शपथ लिएर सत्ता सम्हालेपछि निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नुपर्ने भएको हो । 


तत्काल नै सर्नुपर्ने भए पनि उहाँ बस्ने नयाँ घरको भने यो समाचार तयार हुँदासम्म टुङ्गो लागेको छैन । प्रेस संयोजक परियारले भन्नुभयो, ‘‘दुई तीन वटा घर हेर्ने कार्य भएको छ, आज साँझसम्म टुङ्गो लाग्छ होला अनि सर्ने तय हुन्छ । बूढानीलकण्ठको घरको मर्मतकार्य जारी भएकाले अझै सम्पन्न गर्न दुई तीन महिना लाग्ने जनाइएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्