प्रथम गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि स्याङ्जालाई, सर्वोत्कृष्ट खेलाडी हरि पाण्डे
पाेखरा | पुस १०, २०७९
पोखराः पोखरामा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा आज (आइतबार) भएको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो ।
स्याङ्जाले २१–२५, २५–२३, २५–२३, ३०–२८ र १५ १३ को अङ्कको सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा जिल्ला भलिबल संघ नवलपुर तृतिय र कास्की जिल्ला भलिबल संघ सात्वना भएको थियो ।
प्रतियोगितामा प्रथम भएको स्याङ्जाले २ लाख, द्धितिय भएको बागलुङले १ लाख, तृतिय भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् ।
यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी जिल्ला भलिबल स्याङ्जाका टिम क्याप्टेन हरि पाण्डे, उत्कृष्ट सर्भर जिल्ला भलिबल नवलपुरका टिम क्याप्टेन घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, सेटर बागलङका टिम क्याप्टेन मीन सुनार र उत्कृष्ट टिम कोच स्याङ्जा जिल्ला भलिबल संघका राजेन्द्र शर्मा घोषित भए उनीहरु नगद १०/१० हजार पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका टिम क्याप्टेन पाण्डेले २० हजार पुरस्कार प्राप्त गरे ।
गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । प्रतियोगिता पुष ६गतेदेखि १० सम्म भएको थियो ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

