पोखरामा गौरी गुरुङ एकल साँझ
पाेखरा | पुस १०, २०७९
पोखराः पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशिल ६५ वर्षिय बरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ सम्पन्न भएको छ ।
नेपाली लोक सँस्कृति बचाऔं मुल नाराका साथ क्रियाशिल हिमाली साँस्कृतिक परिवारको रजत जयन्तीको वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझको भव्यताका साथ सम्पन्न भएको हो ।
आठ वटा नृत्य प्रस्तुत गरेका गौरी गुरुङ हिमाली साँस्कृतिक परिवारका पुराना र नयाँ कलाकारले साथ दिएका थिए भने परिवारका कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक भरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गौरी गुरुङ पोखरेली साँस्कृतिक क्षेत्रको इतिहास भएको बताउनुभयो । उहाँले बुद्धिप्रसाद गुरुङ गौरी अझै आफुहरुले विद्यार्थीकालदेखि नै नृत्य निर्देशक, कलाकार गोरे गुरुङको नामबाट चिन्दै आएको भन्दै उहाँको नृत्य क्षेत्रमा योगदानको प्रसंशा गर्नुभयो । कलाकारिता सँस्कृतिसँग समृद्धिको आधार भएकाले आगामी दिनमा महानगरपालिकाले पर्यटकीय शहर पोखरामा कला प्रवद्र्धनका लागि विशेष योजना बनाउने बताउनुहुदै आगामी २ वर्षमा प्रदर्शनी केन्द्र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी गराउनुभयो ।
नगरप्रमुख आचार्यले पोखरामा निर्माण सम्पन्न भएको अन्र्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्ने अन्तिम तयारीको जुटेको भन्नुहुदै रिठेपानी डाडाकटान गरिएको र फोहोर मैला व्यवस्थापनका लागि वडा नं.३२ मा प्रवन्ध गरिएको बताउनुभयो । उहाँले पृथ्वीराजमार्गमा रहेको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रलाई व्यवस्थित र सफा गर्नका लागि पुस १३ गते विहान सरसफाई कार्यक्रम आयोजना गरिएकाले सबैको सहभागिताको लागि आग्रह गर्नुभयो ।
एकल साझँकै क्रममा बरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्यताबाट सम्मान र लिटिस्टेप माविले विगत दुईदशकदेखि विद्यालयमा नृत्यनिर्देशक भई योगदान दिएको भन्दै सम्मान गरेको थियो ।
एकल साँझ समापनको क्रममा गौरी गुरुङले सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिनुहुदै जीन्दगी नै नृत्य क्षेत्रमा क्रियाशील रहिरहने क्रममा आफुलाई दर्शकहरुमा आत्मैदेखि सम्मान गरेको अनुभूति भएको भन्दै आभार व्यक्त गर्नुभयो ।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक गजबहादुर गुरुङले स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सहसचिव डबिन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रम सफल बनाउनका लागि मुख्य प्रायोजन नादा तमु समाज, सहयोगी संस्था पोखरा महानगरपालिका, सहप्रायोजक शितलादेवि युवा क्लव, प्रवद्र्धक गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रज्ञाप्रतिष्ठान रहेको थियो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

