नेपाली आधुनिक संगीतको सय वर्ष

पाेखरा | पुस ९, २०७९

नेपाली आधुनिक संगीतको सय वर्ष

पोखरा:   पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको दोस्रो साँझ पुरानादेखि नयाँ आधुनिक गीतहरुको गाइएको छ। आधुनिक संगीतको सय वर्ष शिर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रस्तुति दिएका थिए । 


गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरु गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र आइसकेपछि र पञ्चायतकालमा रचिएका तथा गायिएका गीतहरु रहेका छन् । 


तीत चरणमा विभाजित सांगीतिक कार्यक्रमको सुरुवात नेवारी गीत राजमति खुमतिबाट गरिएको थियो। त्यस्तै वि.सं.२००० भन्दा अघिका केही सिमित गीत मध्ये मेलवादेवीको सवारी मेरो रेलैमा, मित्रसेनको लाहुरेको रेलिमइ, उस्ताद साइलाको रातो ठेकी नारन तथा रेनुदेवी अधिकारीको क्रान्तिकारी गीत नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिइ लगायतका गीत गाइएको थियो । 


त्यस्तै २००० देखि यता प्रजातन्त्र तथा रेडियो नेपालको स्थापना भइसकेपछि रेकर्ड भएका गीतहरु प्रस्तुत गरिएको थियो। जसमा हरि प्रसाद रिमालको फगत एक नजरमा, नारायण गोपाल र तारादेवीको हे कान्छा ठट्टैमा वैँश जान लाग्यो, बच्चु कैलाशको तितरी पंखी बादलमाथी, नातिकाजीको नेपाली हामी रहौँला कहाँ लगायतका गीत गाइयो। त्यसपछिको चरणमा २०३०, ४० को दशकमा स्थापना भएका सांगीतिक राल्फा समूहको गाइ त बाँध्यो ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा, लेकाली समूहको मलाई प्यारो लाग्छ, अम्बर गुरुको नौलाख तारा उदाए धर्तिको आकाश हाँसेछ, गोपाल योन्जनको बनेको छ पहराले लगायतका गीत प्रस्तुत गरिएको थियो । 


त्यस्तै पुराना चलचित्र गीतहरु माइतीघर, गैरी खेतको सरौँतिले लगायतका गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो। सोमबारसम्म चल्ने महोत्सवको तेस्रो दिन शनिबार सांगीतिक कार्यक्रम, किताब चर्चा, अर्थतन्त्रमाथीको वहस लगायतका दर्जनभन्दा बढी सेसन छन् । 
 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

थप पढ्नुहोस्