नेपाल टी–२० क्रिकेट: काठमाडौंसँग पोखरा २६ रनले पराजित
काठमाडाैं | पुस ९, २०७९

काठमाडौं: काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले हरायो ।
काठमाडौंले दिएको एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखरानिर्धारित १९ ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रन बनाउनुभयो । आरिफ शेखले २०, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८र१८ रन बनाउनुभयो । बलिङमा काठमाडौंका अभिनास बोहराले तीन, बसिर अहमदले दुई तथाअनिल खरेलले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । खेल ढिलो सुरुभएकोले एक ओभर घटाइएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रन बनाउनुभयो ।
सुनाम गौतमले २७, एलेक्स ब्लेक्सले २१ रन र विरनदिप सिंहले १० रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुनुभएको थियो । बलिङमा पोखराका प्रतिस जिसी र जाहिर खान दुई दुई तथा मौसम ढकालले एक विकेट लिनुभयो ।
प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो । आजै दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यस लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गरेको छ ।
काभ्रेपलाञ्चोक: बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...
सर्लाही: सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...