वर्षौंपछि पाल्पा रामपुरबासीले पाए लालपुर्जा
पाल्पा | पुस ९, २०७९
पाल्पा: पाल्पाको रामपुरमा जग्गा भोगचलनको वर्षौंपछि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । वि.सं. २०५६ पछि अहिले रामपुरको बजार क्षेत्रमा लालपूर्जा वितरण गरिएको हो ।
रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दालाई १ सय ३ लालपूर्जा शुक्रबार वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले लामो समय लालपुर्जाका लागि भौतारिएका निवेदकलाई जग्गाधनी पुर्जा वितरण गरे ।
राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैह्रेले लामो समयदेखि पर्खाइएको अव्यवस्थित जग्गाको पुर्जा वितरणको शुरुवात भएको बताउँदै अब रामपुर नगरपालिकामा निवेदन आएका ७ सय ८३ घडेरीकै पुर्जा वितरणलाई तीब्रता दिइने बताए । अध्यक्ष गैह्रेले विभिन्न समस्याका बाबजुद १०३ लालपूर्जा वितरण गर्ने स्थितिमा आइपुगेको भन्दै क्रमशः सबै घडेरीको पुर्जा वितरण गर्ने उल्लेख गरे ।
राष्ट्रिय भूमि आयोग पाल्पाले अब जिल्लाका तानसेन र माथागढीमा पनि अव्यवस्थित र पहिले दर्ता भएको भनिएका तर कतै अभिलेख नभएका जग्गा निर्क्योल गरी पुर्जा दिने तयारी भएको बताइएको छ । साथै आयोगसँग सम्झौता गरेका अन्य पालिकामा पनि निवेदन माग गरी काम थाल्ने अध्यक्ष गैरेले बताए ।
लुम्बिनी प्रदेश महिला तथा बालबालिका मन्त्री रमा घर्तीले पुर्जाविहीन नागरिकको मुहारमा खुसी आएको मात्र नभई प्रदेशबासीको समस्या केही हदसम्म हल भएको बताइन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

