सुर्खेतमा गाडी दुर्घटना हुँदा ६ जना घाइते
सुर्खेत | पुस ८, २०७९
सुर्खेत: पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गाडी शुक्रबार पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा दुर्घटनामा परेको हो।
घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीय जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीय हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीय बसन्ती धरला रहेका छन् । यस्तै पञ्चपुरी नगरपालिका–२ का २७ वर्षीय धनिराम रेग्मी, वडा नम्बर ५ का ३४ वर्षीय नन्दा शाही र दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीय मुना पुरीको ढाँडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर तल बायाँ साइटमा पल्टिएको थियो । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

