अन्तत: पोखराभित्रको पार्किङ ठेक्का रद्द, ठेकेदारसँग १ करोड ९० लाख उठाउन बाँकी

पाेखरा | पुस ८, २०७९

अन्तत: पोखराभित्रको पार्किङ ठेक्का रद्द, ठेकेदारसँग १ करोड ९० लाख उठाउन बाँकी

कास्की:    पोखरा महानगरपालिकाले नगरक्षेत्रमा पार्किङ उठाउन दिएको ठेक्का आज रद्द गरेको छ । 

 

महानगरको नगरसभाले  फेवा सावित्री सँयुक्त कम्पनीसँग गरेको ठेक्का रद्द गरेपछि अब तत्काललाई पार्किङ शूल्क तिर्न नपर्ने भएको छ । महानगरले फेवालाई कूल ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।

 

उक्त सम्झौता मंसिर २७ गते सकिएपनि महानगरले लकडाउन देखाएर ठेक्का चैतसम्म थपेको थियो । ठेक्का थपेपछि जनस्तरबाट व्यापक विरोध भएपछि आज ठेक्का रद्द गर्ने निर्णय भएको हो । 
 

 

ठेक्का रद्द भएपनि महानगरले फेवासँग अझै १ करोड ९० लाख रुपैयाँ उठाउन बाँकी छ । महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार बाराम्बार ताकेता गर्दा पनि बक्यौता नउठेपछि ठेक्का रद्द गर्न निर्णय भएको हो । 

 

साथै, महानगरपालिकाको कोर एरियाको सडकमा पार्किङ निषेध गर्ने निर्णय भएकाे छ ।

 

यससँगै महानगरले अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङको सम्बन्धमा मापदण्ड तोकी उपयुक्त शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । 

 

त्यस्तै, अस्थायी प्रयोजनकालागि हाललाई पोखराको लामेआहालमा ल्याण्डफिल साइट व्यवस्था गर्ने निर्णय भएको छ । साइटको व्यवस्थापन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको तिम्सिनाले बताए । 

 

महानगरका अनुसार प्रशोधन केन्द्र सहितको ल्याण्डफिल्डका लागि पोखरा ३३ देव्रेवर झाँक्री खोला उपयुक्त भएको अध्ययन समितिको सिफारिस छ ।

 

साथै, १२ औं नगरसभा पुसको २६ गते पोखरा सभागृहमा गर्ने निर्णयसमेत गरिएको छ । 
 

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्