प्रदेशसभाको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया थालिने

काठमाडाैं | पुस ८, २०७९

प्रदेशसभाको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया थालिने

काठमाडौं:  बागमती प्रदेश सरकार गठनको प्रक्रिया प्रदेशसभाको पहिलो बैठक पछि मात्र सुरु हुने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १७ वा १८ गते प्रदेशसभाको पहिलो बैठक बस्ने निर्णय गरेको र उक्त बैठक पश्चात् मात्र सरकार गठनको प्रक्रिया थाल्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।


उनका अनुसार सरकार गठनका लागि दलहरू तत्काल तयार नभएको र दलहरू संसदीय समिति गठनमा केन्द्रीत रहेकाले संसदको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए ।


पछिल्लो समय दोहोरो भूमिकामा देखिनु भयो नि ? अब के राजीनामा दिनु हुन्छ कि ? के छ तयारी ? भन्ने प्रश्नमा मुख्यमन्त्री पाण्डेले नयाँ सरकारलाई आफूले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र कार्यवाहक दिन नमिल्ने भएकाले संविधानको अधिनमा रहेरै आफूले जिम्मेवारी सम्हालिरहेको बताए ।


‘मैले राजीनामा दिइसकेको पनि हुन सक्छु नि ? तपाईँलाई थाहा नभएको पनि हुन सक्छ नि । त्यसैले नयाँ सरकारलाई मैले नेतृत्व हस्तान्तरण गर्ने हो । मैले कसैलाई कार्यवाहक दिन पनि मिल्ने अवस्था होइन । यो जिम्मेवारी संविधानको अधीनमा रहेर नै लिएको हो’ उनले भने ।


उनले संविधानलाई अक्षरश पालना गर्ने मध्येको आफू एक व्यक्ति भएकाले प्रदेश प्रमुखसँगको छलफलमा काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नुपर्ने अवस्था आउने भएकाले अहिले यही हो भन्न नमिल्ने बताए ।


‘म संविधान बनाउने मध्येको एक हो । त्यसको अक्षरसः पालना गर्नेमा म पनि एक हो । संविधानमा कहि कतै यस विषयमा लेखिएको छैन । त्यसैले मैले सरकारको नेतृत्वको विषयमा प्रदेश प्रमुखज्यूसँग पनि सल्लाह गरेको छु । काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नु पर्ने अवस्था रहेको छ । अहिले नै केही भन्न मिल्ने अवस्था छैन’ उनले भने ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्