पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु
काठमाडाैं | पुस ८, २०७९
चितवन: चितवनको राप्ती–२ गड्यौलीमा आज पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत घर भई हाल गड्यौली बस्ने अब्दुल मसिनका ९ वर्षीय छोरा महमद एकलास रहेका छन्।
गम्भीर घाइते भएका उनको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो। प्रदेश २-०३-००१ च १७९२ नम्बरको पिकअप भ्यानले पैदलयात्री बालकलाई आज बिहान पौने ७ बजे ठक्कर दिएको हो।
सवारी साधनसहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

