बागलुङको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति

बाग्लुङ | पुस ७, २०७९

बागलुङको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति तस्बिर प्रकाश घर्तिको फेसबुकबाट

बागलुङः   बागलुङको ताराखोला गाउँपालिका २ अर्गलस्थित किकल्ताको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ । 


हिजो बेलुका बिरबहादर घर्तिको घरमा करिव ११ बजेको समयमा आगलागी भएको ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्तिले जानकारी दिए । 


हिजो बेलुका करिव १० देखि १२ बजेको बिचमा घटना भएको हो, वडाध्यक्ष घर्तिले भने, ‘आगलागी हुँदा दुईतलाको घर पुर्ण रुपमा क्षति भएको छ, अहिले दाजुभाईको घरमा ५ जनाको परिवारले आश्रय लिएका छन् ।’


आगलागी हुँदा ४५ हजार नगद, २ टोला सुन, १६मुरी मकै, टिभी,१ वटा भैसी र घरमा रहेका खाद्यान्न र लत्ताकपडासहित भाडाकुडामा क्षति भएको छ । आगलागीबाट करिव २५ लाखको क्षति भए पनि आगलागीबाट मानवीय क्षति भएको छैन् । 

काठमाडौं:   निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरे...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदै छ ।  विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्क...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्