प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसकै बन्ने: शेखर कोइराला
काठमाडाैं | पुस ७, २०७९
काठमाडौं: नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने दाबी गरेका छन् ।
शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने दाबी गरेका हुन् ।
बुधबार मात्र महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेताको रूपमा निर्वाचित भएका छन् । यता राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ ।
पौडेल संसदीय दलको नेताको निर्वाचनमा देउवाका प्रस्तावक बनेका थिए । यता सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पनि पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

