यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशसँग भिड्दै

काठमाडाैं | पुस ७, २०७९

यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशसँग भिड्दै

काठमाडौं:  बंगलादेशमा आज (बिहीबार) देखि बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप शुरु हुँदैछ ।


बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आजदेखि शुरु हुने च्याम्पियनसिपमा नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ ।


पछिल्लो समय उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेको बंगलादेशलाई स्तब्ध पार्दै नेपाल जितको लक्ष्यमा कोर्टमा उत्रनेछ । नेपाली टोली धिरोज कुमार बस्नेतको कप्तानीमा मैदान उत्रनेछ । टोलीसँग धिरोजसँगै हेमन्त मल्ल, रवि केसी, सफल विक र रुप बहादुर गुरौ लगायतको साथ रहेको छ । आज नै ६ः१५ बजे किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्