रहीनन् राष्ट्रिय सौन्दर्यकर्मीका केन्द्रीय अध्यक्ष पवी गुरुङ

पाेखरा | पुस ६, २०७९

रहीनन् राष्ट्रिय सौन्दर्यकर्मीका केन्द्रीय अध्यक्ष पवी गुरुङ

पोखराः     राष्ट्रिय सोन्दर्यकर्मी संघकी केन्द्रीय अध्यक्ष पवी गुरुङको निधन भएको छ ।  क्यान्सर रोगबाट ग्रसित गुरुङको चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।


उनको निधनपश्चात सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण भइरहेको छ ।

 

सौन्दर्यकर्मी तथा गण्डकी प्रदेशका निवर्तमान सांसद तथा मीना गुरुङले शालिन तथा कुशल नेतृको निधनले  मर्माहत भएको सुनाइन् । ‘पोखराले जन्माएको एक सोन्दर्यकर्मी पवी गुरुङ हामी माझ रहनुभएन, गुरुङले भनिन्, ‘मृगौलामा पट्ठरी परेको छ भन्ने जानकारी पाएका थियौं, उपचार गर्न सुझाव दिएको पनि हो, फिस्टेलमा चेकजाँच गरेपछि भरतपुर जान सल्लाह दिएको पायौं, यहाँ आएर मैले केही दिन अगाडी भेटेपनि, निकै असल र कुशल हुनुहन्थ्यो । अहिले उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं ।’


पोखरा स्थायी घर भएका स्वर्गीय गुरुङ राष्ट्रिय सोन्दर्यकर्मीको नवनिर्वाचित केन्द्रीय अध्यक्ष हुन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्