रेबानले पोखरामा २४औं पोखरा स्ट्रिट फेस्टिबलको आयोजना गर्दै
पाेखरा | पुस ६, २०७९
पोखरा: रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) को आयोजनामा पोखरामा ५ दिनसम्म पोखरा स्ट्रिट फेस्टिबल मेलाको आयोजना हुने भएको छ ।
रेबानको पोखरा स्थित क्षेत्रिय शाखाले यहीँ आउदो पुस १३ गतेदेखि १७ गतेसम्म २४औं पोखरा स्ट्रिट फेस्टिबल, २०७९ को आयोजना गर्ने भएको हो ।
विगत २३ वर्षदेखि आयोजना हुँदै आएको स्ट्रिट फेस्टिबल यस वर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसर पारेर अयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विशेष गरी कोभिड–१९ पछि सुस्ताएको पोखराको पर्यटन बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गर्न लागिएको रेबानका केन्द्रीय महासचिव एकराज अधिकारीले जानकारी दिए ।
५ दिनसम्म चल्ने फेस्टिबलका अवसरमा वटररवट्रेस् रेस, बोटिङ रेस, टग वार जस्ता खेलका साथसाथै सांगीतिक तथा मनोरञ्जनात्मक गतिविधिहरु गरिने आयोजक रेबानले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

