प्रधानमन्त्रीको रेशबाट नेता पौडेल आउट

काठमाडाैं | पुस ५, २०७९

प्रधानमन्त्रीको रेशबाट नेता पौडेल आउट

काठमाडौं:   नेपाली कांग्रेसमा प्रधानमन्त्रीको रेशबाट वरिष्ठ नेता रामचन्द्र पौडेल आउट भएका छन् । यसअघि उनी सभापति देउवासँगै पौडेल र महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । त्यसका लागि उनले पछिल्लो समय राजनीतिक भेटवार्ता र संवादलाई तीव्रता दिएका थिए । 
 

नेताहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस संसदीय दलको नेताका लागि नै पौडेल प्रतिस्पर्धामा नआउने भएपछि उनी प्रधानमन्त्रीको रेशबाट पनि आउट भएका हुन् । कांग्रेसमा दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । 


दलको नेताका लागि कांग्रेसमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच  प्रतिस्पर्धा हुने भएको छ । यसअघि नेता शेखर कोइरालाले समेत संसदीय दलको नेता बन्ने चाहना राखेका थिए । तर सोमबार र मंगलबार दुई दिन भएको थापा र कोइराला समूहको बैठकले थापालाई दलको नेतामा अघि सार्ने सहमति गरेका छन् । 


नेता शेखर कोइराला र गगन थापा समूहको बैठकले थापालाई कांग्रेसको देउवा इतर समूहबाट संसदीय दलको नेतामा उम्मेदवार उठाउने सहमति भएसँगै देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।

पोखरा:  १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिक...

थप पढ्नुहोस्