प्रधानमन्त्रीको रेशबाट नेता पौडेल आउट
काठमाडाैं | पुस ५, २०७९
काठमाडौं: नेपाली कांग्रेसमा प्रधानमन्त्रीको रेशबाट वरिष्ठ नेता रामचन्द्र पौडेल आउट भएका छन् । यसअघि उनी सभापति देउवासँगै पौडेल र महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । त्यसका लागि उनले पछिल्लो समय राजनीतिक भेटवार्ता र संवादलाई तीव्रता दिएका थिए ।
नेताहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस संसदीय दलको नेताका लागि नै पौडेल प्रतिस्पर्धामा नआउने भएपछि उनी प्रधानमन्त्रीको रेशबाट पनि आउट भएका हुन् । कांग्रेसमा दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।
दलको नेताका लागि कांग्रेसमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि नेता शेखर कोइरालाले समेत संसदीय दलको नेता बन्ने चाहना राखेका थिए । तर सोमबार र मंगलबार दुई दिन भएको थापा र कोइराला समूहको बैठकले थापालाई दलको नेतामा अघि सार्ने सहमति गरेका छन् ।
नेता शेखर कोइराला र गगन थापा समूहको बैठकले थापालाई कांग्रेसको देउवा इतर समूहबाट संसदीय दलको नेतामा उम्मेदवार उठाउने सहमति भएसँगै देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

