शितलादेवी बहुउद्धेश्यीय सहकारीको प्रथम वार्षिकोत्सव सम्पन्न

पाेखरा | पुस ३, २०७९

शितलादेवी बहुउद्धेश्यीय सहकारीको प्रथम वार्षिकोत्सव सम्पन्न

पोखरा:   शितलादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । 


साधारण सभाको पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले उद्घाटन गर्दै शितलादेवी बहुउद्देश्यीय सहकारीले वडा नम्बर ११ ले अगाडि सारेको फोहोरमैला ब्यवस्थापन र  अभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो । त्यसैगरि पछिल्लो समय आर्थिक मन्दी वढिरहेको अवस्थामा सहकारीकै कारण आर्थिक चलायमानमा सहज भइरहेको वताउदै कर्माचार्यले आगामी दिनमा सहकारीले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिदै त्यस्ता अभियानमा वडाले समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 


त्यसैगरी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीले मानिसकोे दैनिकी चलायमान गराउन ठूलो भुमिका रहेको भएतापनि सहकारीहरु सहकारीको मुल्य मान्यता विपरित सञ्चालन भइरहेकाले त्यसतर्फ सम्पूर्ण सहकारीहरुले ध्यान दिन आवश्यक रहेको वताइन । सयपत्री सहकारी संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले अहिलेको विषम परिस्थितीमा सहकारीहरु बीच एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले बहुद्देश्यीय सहकारीको भावना अनुसार यस संस्थाले फोहोरमैला ब्यवस्थापन, कृषि तथा पशुपालन र कौशी खेतीमा  विशेष जोड दिदै संस्थाले आफ्नो कार्य सम्पादन गर्ने जानकारी दिनुभयो । 


सो साधारण सभामा अध्यक्ष तीर्थलाल श्रेष्ठ, सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष रोमनमान श्रेष्ठ र लेखा समिति संयोजक सुक्र कुमार प्रधानले प्रस्तुत गर्नुभएको प्रतिवेदन सभाले अनुमोदन गरेको थियो । 


कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तब्य राख्नुभएको थियोभने संस्थाका सल्लाहकारको तर्फबाट ज्ञान बहादुर कार्की, शेयर सदस्यहरुको तर्फबाट प्रमिला श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  कार्यक्रममा सहकारीको सात सिद्धान्तको बाचन संस्थाका संचालक समितिका सदस्य जीवन श्रेष्ठले बाचन गर्नुभएको थियो । सहकारीमा २ सय ४३ जना शेयर सदस्य रहनुभएको छभने संस्थाको कुल पुंजी २ करोड ४० लाख रहेको छ । 
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्