पोखरा सडक महोत्सवको पूर्वाद्धमा ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’
पाेखरा | पुस ३, २०७९
पोखरा: रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागि थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे ।
अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक वर्ष पुष १३ देखि १७ गते सम्म पर्यटकिय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ । यसैको २४ आंै संस्करणको प्रवद्र्धनका लागि टोलीले हाइकिङ कार्यक्रम गरिएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । कोभिडका कारण पछिल्ला दुई संस्करणहरु पाँच दिन सम्म सञ्चालन गर्न नसकिएपनि अब भने पर्यटन उत्थानका लागि पुनःपाँच दिनकै महोत्सव आयोजना गर्न लागिएको भट्टराईको भनाई छ ।
लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा हुने यो महोत्सव देशकै पृथक महोत्सव हो । झण्डै ५ लाख जति आन्तरि तथा वाह्य पर्यटकले यो महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । ‘फुड, म्युजिक, कल्चर’ नारा सहित आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्याण्डहरुको लाइभ प्रस्तुती, अन्र्र्तराष्ट्रिय खानाका परिकार, देशका विभिन्न स्थानमा ख्याति कमाएका साँस्कृतीक कार्यक्रम, लोकदोहोरी, भैरव नृत्य तथा डुङ्गा दौड, वेटर रेस, टग अफ वार लगायतका कार्यक्रमहरु आकर्षणका रुपमा रहने भट्टराईले जनाए । महोत्सवको पूर्वाद्र्धमा खहरेबाट विभिन्न समुहको साँस्कृतीक झाँकि निस्कने छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

