नाट्टाको ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम
पाेखरा | पुस ३, २०७९
पोखरा: नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ ।
पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीहरु चितवन पुगेका थिए । सो कार्यक्रम शुक्रबार शनिबार भएको थियो ।
कार्यक्रम अन्र्तगत शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको २ दिनसम्म हुने नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उक्त फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका छौं,’ उनले भने, ‘हामीसँग नाट्टाको प्रदेश अध्यक्षहरुसहित विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीहरु सहभागी हुनुहुन्छ ।’
कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको थियो । नाट्टा छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताए ।
कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए । ‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’
टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ३० जनाको सहभागिता थियो । नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनलाई मूर्त रुप दिन सन् २००८ देखि प्रमोशनल टुर पनि गर्दै आएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

