योगेश मगरलाई जिताउन बिर्तामोडका युवा एकजुट

झापा | पुस १, २०७९

योगेश मगरलाई जिताउन बिर्तामोडका युवा एकजुट

झापाः    झापा बिर्तामोडका योगश मगरलाई भ्वाइस अफ नेपाल सिजन ४ को विजेता बनाउन उनका साथीहरु एकजुट भएका छन् । 


भ्वाइस अफ नेपाल सिजन ४ को टप ८ मा पर्न सफल झापा बिर्तामोडका  मगरलाई जिताउन उनका साथीहरु एकजुट भएका हुन् । 


झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै स्थानीय युवाहरुले समिति बनाएरै अभियान सञ्चालन गरिरहेको छन् । बिर्तामोडमा योगेश मगरको सांगीतिक समूह हो, पन्छी एण्ड द सन ब्रस्ट ब्याण्ड । उनी त्यस ब्याण्डका गायक हुन्, यसै कारण पनि योगेश मगरलाई ‘पन्छी’को उपनामले पनि चिनिन्छ । उनकै ब्याण्डका सदस्यहरु मिलेर अहिले योगेश मगर जिताउ अभियानमा लागेका छन् ।


१७ सदस्यीय अभियानको संयोजकमा राहुल राई रहेका छन् । समितिको सदस्यमा प्रकाश तामाङ, जितेन पाँचकोटी, हिलिहाङ इजम, अपेक्षा राई, आर्यन बराइली, आशा गुरुङ, आदर्श खाती, नाम्ग्येल तामाङ, नसिब मगर, सेवासी मगर, प्रभाष मगर, किरण गुरुङ, खुम खड्का, रमेश शेर्पा, योगेश लिम्बू र योगेन्द्र थापा रहेका छन् । योगेशले टप १० मा आशिष रायामाझीलाई इलिमिनेट गरेका थिए । 


कोच प्रमोद खरेलको समूहमा रहेका योगेशले ब्लाइन्ड अडिसनमा सुरुको १ मिनेटभित्रै चारै जना कोचको कुर्सी घुमाएर थिए । भ्वाइस अफ नेपाल सिजन ४ का सम्भावित विजेता योगेशको पूख्र्यौली घर कुम्मायक गाउँपालिकाको यासोक पाँचथर हो भने हाल बिर्तामोडमा बस्दै आएका छन् । भ्वाइस अफ नेपालका प्रतियोगीमध्ये कम उमेरका योगेशलाई जिताउन झापाका विभिन्न स्थानमा अभियानले कार्यक्रम गर्दै आएको छ । 


भर्सटाइल गायक योगेश मगर फ्यान फलोइङ बढेर अहिले नै सेलिब्रेटी बनिसकेका छन् । उनलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरी प्रमोद खरेललाई सेलेक्ट गर्नुपर्छ । उनको भोटिङ कोड १२ रहेको छ । बिर्तामोडका युवा जुटेर यसअघि नेपाल आइडलमा राम लिम्बूलाई जिताएका थिए भने अर्को सिजनमा नाम्ग्येल तामाङ रनरअप भएका थिए । अभियानका अगुवा प्रकाश लिङदेनले बिर्तामोडका युवाले अभिभावकत्व भूमिका निर्वाह गर्दै आएको सुनाए ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्