पोखरामा ‘चिया पिउँदै समाजसेवा’अभियान सम्पन्न
पाेखरा | पुस १, २०७९
पोखरा: पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरि सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगि संस्थाको भुमिकामा रहेर आयोजना भएको ‘चिया पिउँदै समाजसेवा’अभियान बिहिबार पोखरा विश्वविद्यालयमा संपन्न भएको छ।
पहिलो पाइला नेपालका कार्य समिति सदस्य साथसाथै धौलागिरि सम्पर्क समाजका सचिव विकास जंग कुवरले कार्यक्रममा पोखरा विश्वविद्यालय विद्यार्थीहरुको भव्य उपस्थिति रहेको जनाउदैँ कार्यक्रमलाइ सफलताका साथ सम्पन्न गर्न साथ दिने सम्पूर्णलाइ आभार व्यक्त गरे।
कार्य्रक्रममै कुवरले अभियानबाट पहिलो पाइलाका संयोजक समियुन निशालाई उठेको कुल रकम २३,८४० हस्तान्तरण गरेका थिए ।
‘यस अभियान बाट उठेको रकम गरिब तथा विपन्न वर्गका बालबालिकालाइ जाडोमा न्यानो कपडा वितरणमा,बालबालिकालाई र क्यान्सर पीडित हिमा कुमारी आलेलाई सहयोग गरिने’ निशाले बताइन ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

