अन्नपूर्णबासीलाई प्रचण्डको निम्तो: ‘विकासका लिस्ट लिएर काठमाडौं आउनुस्’
पाेखरा | मंसिर २८, २०७९
कास्की: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्नपूर्ण गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधहरुलाई नयाँ सरकार बनेपछि काठमाडौमा निम्तो दिएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले नयाँ सरकारको नेतृत्व आफुले गर्न सक्ने बताउदै विकास योजनाका लागि निम्तो दिएका हुन् । ‘म अन्नपूर्ण गाउँपालिका तथा यो विद्यालयको प्राध्यापक, शिक्षक साथीहरु र अन्य जनप्रतिनिधिहरुलाई नयाँ सरकार बनिसकेपछि काठमाडौं आउन र यहाँको विकासका निम्ति लिस्ट बनाएर ल्याउन तपाइहरुलाई अनुरोध गर्न चाहान्छु, उनले भने ‘ताकी तपाइहरुले ल्याएको लिस्ट अनुसार मैले सहयोग गर्न सकुँ ।’
उनले अन्नपूर्ण गाउँपालिकाको फरक विकास निर्माण गर्ने प्रतिवद्धता समेत जनाए । ‘यो पटक मैले देशको नेतृत्व गर्ने अवसर पाउँदा अन्नपूर्णमा मैले हामी नरहदा पनि आउने पिढीले देख्ने, बुझ्ने र सिक्नेगरि विकासका केही परियोजनाहरु अगाडि बढाउने म तपाइहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’
उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने समेत धारणा राखेका थिए ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

