पोखरामा आजदेखि पार्किङ शुल्क उठाउन नपाइने
पाेखरा | मंसिर २८, २०७९
कास्की: पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानमा उठाइदै आएको कार तथा मोटरसाइकल पार्किङ शुल्कको ठेक्का सकिएको छ ।
पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच भएको सम्झौता हिजो (मंसिर २७ मंगलबार ) समाप्त भएसँगै आजदेखि कार तथा मोटरसाइकलको पार्किङ शुल्क उठाउन नपाइने महानगरले बताएको छ ।
अब महानगरले अर्काे ठेक्का सम्झौता नगरेसम्म आम नागरिकले पोखरा महानगरभित्र निशुल्क पार्किङ गर्न सक्नेछन् ।
महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

