पर्सामा प्रहरी गाडी दुर्घटना, इन्सपेक्टर सहित दुई घाइते

पर्सा | मंसिर २७, २०७९

पर्सामा प्रहरी गाडी दुर्घटना, इन्सपेक्टर सहित दुई घाइते

वीरगञ्ज:   पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।


इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए ।


गएराति नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठोरीको ठुटेखोलाबाट बरामद गरेको २२ पोका गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा छोड्न आउने क्रममा सवारी दुर्घटना भएको थियो ।

रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।    आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ।   आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभ...

थप पढ्नुहोस्

काठमाडौं ।  अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

थप पढ्नुहोस्