पर्सामा प्रहरी गाडी दुर्घटना, इन्सपेक्टर सहित दुई घाइते

पर्सा | मंसिर २७, २०७९

पर्सामा प्रहरी गाडी दुर्घटना, इन्सपेक्टर सहित दुई घाइते

वीरगञ्ज:   पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।


इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए ।


गएराति नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठोरीको ठुटेखोलाबाट बरामद गरेको २२ पोका गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा छोड्न आउने क्रममा सवारी दुर्घटना भएको थियो ।

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्