चेन हुई र पटेल जोडी आइटीएफ डबल्स विजेता
पाेखरा | मंसिर २३, २०७९
पोखरा: ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा प्रथम स्थान हाँसिल गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले प्रथम स्थान हाँसिल गरे । फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२ र ६–० को सहज सेटमा जित निकाल्दै दुर्गान्सी जोडी विजयी भएको हो ।
पुरुष एकलतर्फ भारतका बंश नन्दललाई ६–२, ६–३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगिताको सिंगल्स फाइनल तथा समापन शनिबार विहान हुने आयोजक संघका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

