काठमाडौंका फिल्म हलहरुमा विश्वकपको लाइभ देखाइदैँ
काठमाडाैं | मंसिर २३, २०७९
काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ ।
नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन् । काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् ।
जसअनुसार वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँदैछ । राति साढे ८ बजे वान सिनेमाजले दुवै हलमा ब्राजिल र क्रोएसियाको खेल देखाउनेछ । हलले बुधबार बेलुका नै एड्भान्स बुकिङ खुला गर्दै शुक्रबार बेलुका साढे ८ बजे फुटबलको लाइभ देखाउने जनाएको थियो ।
कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउने म्यानेजर दीपेश शर्माले जानकारी दिए । अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ ।
यी हलहरुले टिकट प्रतिशत सेयरिङ सहमतिमा फुटबल देखाउन लागेका हुन् । क्यूएफएक्स मल्टिप्लेक्सले पनि हलमा फाइनल खेल देखाउने तयारी गरिरहेको छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

