नेपालका आर्यन र अमेरिकाका आरभ जोडी सेमिफाइनलमा

काठमाडाैं | मंसिर २१, २०७९

नेपालका आर्यन र अमेरिकाका आरभ जोडी सेमिफाइनलमा

पोखरा:   नेपालमा आर्यन गिरी र अमेरिकाका आरब शमसेर हाडाको जोडी पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्यन जोडीले बुधबार भएको क्वाटरफाइनल खेलमा स्पेनिस खेलाडी भिक्टोर मोहनराम र भारतका धिरज रेड्डीको जोडीमाथि ६–०, ६–२ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।


नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका आर्यन अरोरा र मायंक सर्माको जोडीले भारतकै बंश नन्दल र रसियाका फेडोर सोसेड्कीनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगे । त्यस्तै, भारतका सभ्रमन्यु सिंह र ओमर रेहानको जोडीले ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलमाथि विजय प्राप्त गरे भने अर्को क्वाटरफाइनलमा ताइपेइका के हाउ होङ र केइ इन याङको जोडीले कोरियाका जिवन पार्क र मलेशियाका केगन केथमाथि जित निकाले ।


महिला डबल्सतर्फ नेपालकी रायना शाह र भारतका स्निग्दा कान्त, भारतकै काइरा सिद्धार्थ र दुर्गान्सी कुमार, अमेरिकाका कासिस कान्त र भारतका गंगा मोहन तथा भारतकै दिशा बेहेरा र मन्दग्ला प्रिन्सीको जोडीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ ।                       &...

थप पढ्नुहोस्

पोखरा:   पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

थप पढ्नुहोस्