बेनीमा माटोको ढिस्कोले पुरिदा निर्माण व्यवसायी बरुवालको मृत्यु
म्याग्दी | मंसिर २१, २०७९
बेनी: बेनीमा बुधबार माटोको ढिस्कोले पुरिbf एक निर्माण व्यवसायीको मृत्यु भएको छ।
बेनी नगरपालिका–८ स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भवन निर्माणका लागि खनिएको जगको नाँपजाँच गर्न पुगेका बरुवाललाई ढिस्कोले पुरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।
स्थानीयवासी र प्रहरीले डोजरको सहायताले ढिस्को पन्छाएर उद्धार गरी बरुवाललाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउँदा मृत घोषणा गरेका थिए । बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुन् ।
ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सिमित निर्माण व्यवसायी मध्यमा बरुवाल थिए । बरुवाल नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालका वडा नम्बर ६ को वडा इकाई समिति सभापतिसमेत थिए ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

