एउटा घटनाले संसदमा आए, राजनीतिमा आफै आएको हुँ:  सांसद भट्टराई

पाेखरा | मंसिर २१, २०७९

एउटा घटनाले संसदमा आए, राजनीतिमा आफै आएको हुँ:  सांसद भट्टराई

पोखराः   कास्की क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आफुलाई एउटा घटनाले संसदमा पुर्‍याएको बताएकी छिन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।


उनले एउटा अविस्मरणीय घटनाका कारण सांसद बनेको बताउदै राजनीतिमा आफै आएको बताइन् । ‘संसदमा एउटा घटनाले पुर्‍यायो, तर राजनीति आफै आएकी हुँ, भट्टराईले भनिन्, ‘हरेक समयको प्रक्रियालाई हेर्ने हो भने, सामाजिक प्रक्रिया दुई हिसाबले निर्माण हुन्छ, एउटा घटनाले निर्माण गर्छ अर्को विभिन्न आन्दोलन र अभ्यासले , घटनाले संसदमा पुर्‍याए पनि आन्दोलन र अभ्यासले राजनीतिमा आएकी हुँ ।’


सांसद भट्टराईले आफ्नो स्वर्गीय पतिको नामलाई जोडेर मात्रै आफु परिचित नभएको बताउदै भनिन्, ‘परिचय र पहिचान दिने कुरामा रविन्द्रको धर्मपत्नी, त्यो एउटा परिचय हो । त्यो कुरालाई अस्विकार गर्दिन, पारिवारिक सम्बन्धका लागि मेरो लागि स्वीकार्य छ तर राजनीतिककर्मी, सांसदको सदस्य मान्य हो भने जनताले विद्या भट्टराईलाई अभिमत दिनुभएको छु, म जनप्रनिधि हुँ आफ्नै परिचय र पहिचान पनि जोडिएको छ ।’


उनले आफ्नो धर्मपति अधिकारी सबैको मनमा बस्न सफल एक उदाहरणीय राजनीतिकर्मी भएको सुनाइन् । उनले फरक प्रसंगमा बोल्दै आफु सांसदका रुपमा दोहोरिएपछि कास्की २ को विकास निर्माण र महिलाको उत्थान र विकासको क्षेत्रमा काम गर्ने उल्लेख गरिन् । ‘कास्की २ बाट जुन अभिमत पाएकी छु त्यसलाई दुरुपयोग गर्दिन्, उनले भनिन्, ‘अभिमतको सम्मान गर्दै अब कास्की २ को विकाससँगै महिलाको उत्थान र विकासको लक्ष्यलाई अगाडी बढाउन अब मेरो संसदको यात्रा हो ।’


भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि पनि उनी रबिन्द्र अधिकारीको निधनपछि उपनिर्वाचन भिडेर सांसद भएकी थिइन् ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्