पाेखरामा किरियापुत्री भवन प्रयोग गर्न नदिने तीन जनालाई १ वर्ष कैदकाे फैसला
पाेखरा | मंसिर २०, २०७९
पोखरा: सार्वजनिक ठाउँको किरियापुत्री भवन प्रयोग गर्न नदिएर किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै अदालतले तीन जनालाई जेल सजाय तोकेको छ। पोखरा–१६ बाटुलेचौरमा किरियापुत्रीमाथि तीन जनाले विभेद गरेको ठहर गर्दै कास्की जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो।
भट्टराईको ईजलासले देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए।
न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव ९कसूर र सजाय ० ऐन २०६८ को दफा ७ को १ ९क० अनुसार फैसला गरेकी हुन्। ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि दुई लाख जरिवाना, पीडितलाई दुई लाखसम्म क्षतिपूर्तिको व्यवस्था छ।
बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न दलितलाई नदिने भन्दै स्थानीय मोहन सुनारलाई उनीहरूले रोक लगाएको आरोप लागेको थियो। मोहनका भाइ सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भएको थियो। उनको किरिया बस्न मोहनले बाटुलेचौरको सरकारी जमीनमा बनेको किरियापुत्री भवनको चाबी मागेका थिए।
जातीय विभेद गरेको भन्दै २०७७ वैशाख १८ गते मोहन सुनारले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत कसूरमा उजुरी दर्ता गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा आरोपित तीनै जनालाई पक्राउ गरेपछि बाटुलेचौरका स्थानीयले जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन समेत गरेका थिए।
उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितको तर्फबाट शिव सुनारले बहस गरेका थिए।
त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय शालिकराम भट्टराई र वेदबहादुर विष्टले बहस गरे।
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था ह...
रौतहट: जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्द...
पाेखरा: नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाईटीकाको साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जना...