पोखरा २६ को प्रगतीटोलमा पक्की सडक बन्दै
पाेखरा | मंसिर २०, २०७९
लेखनाथ: पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् ।
सडक निर्माणको शुभारंभ कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे ।
अध्यक्ष थापाले वडा नंं २६ ले पिछडिएको क्षेत्रबाट विकास निर्माणको काम थालनी गरेको बताउँदै, सडक महानगरकै नमूना सडक हुने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष थापाले सडक तथा नाला निर्माण सँगै हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिन आग्रह गरे । सडक वडाले विनियोजन गरेको महानगरस्तरिय योजना मध्येको ठुलो योजना भएको उल्लेख गर्दै, निर्माणको गुणस्तर कायम गर्न वडाका प्राविधिकको सहयोग र जनप्रतिनिधिको निगरानी रहने बताए ।
कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले आर्थिक संकटको समयमा पनि उपभोक्ताले ठुलो हिस्सा रकम उठाएर योजना निर्माणमा चासो दिएको उल्लेख गरे ।
सडकका लागि वडा नं. २६ ले महानगरस्तरिय योजना अन्र्तगत ६५ लाख रुपैया विनियोजन गरेको छ । भने उपभोक्ताको तर्फबाट २७ लाख ८६ हजार रुपैया रुपैया गरी कुल ९२ लाख ८६ हजार रुपैयाको लागतमा सडक निर्माण हुन लागेको हो । ७ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माणका लागि प्रसाद गुरुङ्गको अध्यक्षतामा उपभोक्ता समितिको गठन भएको छ ।
कार्यक्रममा निर्माण समितिका अध्यक्ष गुरुङ्गले वडाले स्थानीयको योजनालाई सम्वोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे । सडक निर्माण पछि त्यस क्षेत्रका झण्डै पाँचसय घरपरिवार सहितका उपभोक्ताहरु लाभान्वित हुनेछन् ।
पोखरा महानगरपालिका वडा नं. २६ मा चालु आर्थिक बर्षमा संचालन हुने योजनाहरु उपभोक्ता समिति गठन भै धमाधम शुरु भएका छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

