तापक्रम घट्दो, सतर्कता अपनाउन मौसम विभागको अनुरोध
काठमाडाैं | मंसिर १९, २०७९
काठमाडौँ: सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकामा समेत तापक्रम घट्ने क्रममा छ सोमबार मात्र उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ । यो यस वर्षको सबैभन्दा चिसो हो । अधिकतम तापक्रम भने २०.६ डिग्री सेल्सियस पुगेको छ । विभागले आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सूचना प्रकाशन गरी आग्रह गरेको छ ।
हाल प्रदेश १ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ । सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

