लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा पुरुषतर्फ रोशन र महिलामा पल्लबीलाई स्वर्ण पदक
पाेखरा | मंसिर १७, २०७९
पोखराः लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण हात पार्दा साजन नेपाली र शुभम थापाले कास्यमा चित्त बुझाए ।
पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुष ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्यमा चित्त बुझाए ।
३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना र सञ्जन गुरुङले कास्यमा चित्त बुझाए । ३० केजी तौल समूहमा पुरुष तर्फ शिषिर थापा पहिलो,अगम भुजेल दोस्रो भए भने रिजस गुरुङ्ग र अनमोल गुरुङले तेस्रोमा चित्त बुझाए । २५ केजी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ बिक र कमल तामाङ तेस्रो भए ।
प्रतियोगितामा महिला तर्फको ३० के.जी तौल समुहमा साङ्छु तामाङ लाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्यमा चित्त बुझाए । महिला ४० के.जी तर्फ सुहाना श्रेष्ठले दिलमाँया बुढा मगर लाई हराउँदै स्वर्ण पदक हात पार्दा सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए । महिला ५० के.जी तर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा के.सी दोस्रो भईन साथै दिप्ती थापा र खुस्बु पुन तेस्रो भए ।
उक्त कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ केजी तौल समूहकी धनि रानामगर र ४० केजी तौल समूहका अभिषेक तामाङलाई स्वर्ण पदक विजेता बिजेता भएकोमा सम्मान गरिएको थियो । त्यस्तै ६० केजी तौल समूहका मोसेस कुमाल र ४५ केजी तौल समूहका भाग लिएका नारायण विकले कास्य पदक र प्रतियोगिताका सहभागी भएका सरगम कुमाललाई पनि सम्मान गरिएको थियो । स्वर्ण पदकलाई २ हजार, कास्य लाई १ हजार पाँच सय र सहभागिलाई १ हजार नगद, खादा र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
प्रतियोगितामा विनोद नेगी, मदन केसी, मुना पुन, सम्राज सेन, मसोसे कुमाल, सरगम कुमाल, राजन विक, अषिम गोर्खाली निर्णयकको भुमिकामा थिए । प्रतियोगितामा ६० जना खेलाडी सहभागी रहेका थिए ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

